AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रजातन्त्र सेनानी संघ कोशीमा मोहनलाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०८१, शनिबार १८:०४
9
Shares
विराटनगर / नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको अध्यक्षमा मोहनलाल महतो निर्विरोध निर्र्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले महतोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको प्रदेश उपाध्यक्षमा भवानी केरुङ, दिनेशचन्द्र गिरी (मनोनित), महामन्त्रीमा विकास पराजुली, रेवन्तमणि नेपाल (मनोनित) सहमहामन्त्रीमा चक्रविक्रम निरौला र प्रवक्तामा कुमार योङहाङ चयन भएका छन् ।

त्यस्तै प्रा. सुशील झा, पन्छी कुवँर वाइवा, प्रकाशनारायण चौधरी, सहदेव मेहता, तीर्थराज खड्का, भक्तबहादुर कार्की, ओमसिंह कार्की, सल्यन नेपाली, विना तिम्सिना दाहाल, सानुबाबु खड्का, सीता राई, भीमकुमार हिङमाङ, कुमार योङहाङ, जनकसिंह सेन लिम्बू, दिनेशचन्द्र गिरी, रेवन्तमणि नेपाल, चक्रविक्रम सिटौला, र गणेशबहादुर खत्रीलाई अधिवेशनले सर्वसम्मत सदस्यमा निर्वाचित गरेको छ ।

दुई दिनसम्म चलेको अधिवेशनले सल्लाहकार समिति पनि गठन गरेको छ । प्रा. तीर्थराज थापाको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समिति गठन गरिएको नवनिर्वाचत महामन्त्री विकास पराजुलीले जानकारी दिए । सल्लाहकार समितिको सदस्यमा याम भण्डारी जिउँदो शहीद, आनन्दसन्तोषी राई, नरप्रसाद अधिकारी, बालकृष्ण थापा, सीताराम श्रेष्ठ र गीता चौहान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर