AArya
RUMPUM
animated ellipse animated ellipse

हिसान नयाँ संरचना कार्य क्षेत्र विस्तार गर्ने तयारीमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ चैत्र २०७३, शनिबार १६:३५
3
Shares
विराटनगर, १९ चैत÷ उच्च शिक्षालय तथा विद्यालय संघ नेपालले नयाँ संरचना अनुसार आफ्नोे कार्य क्षेत्र विस्तार गर्ने तयारी गरेको छ । प्लस टु कक्षा ११ र १२ कक्षा केन्द्रित हिसान अब माध्यमिक तह देखि विश्वविद्यालय तह सम्म विस्तार भएको छ ।

नयाँ शिक्षा ऐनले कक्षा १२ सम्मलाई माध्यमिक तह मानेपछि हिसान सोही अनुसार अघि बढेको केन्दी्रय अध्यक्ष रमेशकुमार शिलवालले जानकारी दिए । उनका अनुसार विराटनगरमा बसेको चौथो केन्द्रीय बैठकको निर्णय सार्वजनिक गर्दै शिलवालले प्रदेश संरचना र विश्वविद्यालय संरचना अनुसार जाने निर्णय गर्दै जिम्मेवारी तोकिएको बताए ।
हिसानका केन्द्रिय उपाध्यक्षहरुलाई काम गर्ने विभिन्न जिम्मेवारी तोकिएको उनले बताए ।
बैठकले केन्द्रिय समितिलाई पूर्णता दिन शंकर घिमिरे, प्रनिता वराल, पारस श्रेष्ठ,नारायण उपाध्याय, नरेश श्रेष्ठ र शुनिलकुमार श्रेष्ठलाई केन्दी्रय सदस्यमा मनोनित गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर