AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाली साहित्यकारको टोली बंगलादेशको राजधानी ढाकामा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०८०, बुधबार १९:४५
18
Shares
विराटनगर/ बङ्गलादेशको प्रतिष्ठित शहर किशोरगन्जमा भोलि फागुन २४-२६ तदनुसार ७-९ मार्च २०२४ मा हुने अन्तर्राष्ट्रिय लय महोत्सवमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल ढाका पुगेको छ ।

नेपाली प्रतिनिधि मण्डलमा नेपाली साहित्यकार तथा साँस्कृतिककर्मीको उपस्थिति रहेको छ। ७ सदस्यीय प्रतिनिधि मण्डलमा युवराज नयाँघरे, ऋषभदेव घिमिरे, राजेन्द्र गुरागाईं, मीनकुमार श्रेष्ठ “नवोदित” , राजेन्द्र के.सी. , हरिबोल ढकाल र रमेश मुनकर्मी रहेका छन् ।

अन्तर्राष्ट्रिय महोत्सवमा द्विदेशीय साहित्यिक- साँस्कृतिक आदानप्रदान, विषयगत कार्यपत्र, काव्य वाचन, लोक संस्कृतिको प्रस्तुति रहनेछ। छडा उत्सव परिचालन परिषदद्वारा आयोजित कार्यक्रमले नेपाल बङ्गलादेशबीच सामाजिक, साँस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रगाढ रहने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर