RUMPUM
animated ellipse animated ellipse

आइटी तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७३, शनिबार १८:४८
3
Shares
विराटनगर, ५ चैत । वुमन टेक मेकर विराटनगरको आयोजनामा आज शनिबार विराटनगरमा आइटी तथा नेतृत्व विकाससम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइटी पढिरहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको प्रशिक्षणमा इञ्जीनियरीङ, नेतृत्व विकास, उद्यमशीलतालगयात इन्फरमेशन टेक्नोलोजीमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा इञ्जीनियर सविता श्रेष्ठले इञ्जीनियरीङ फिल्डमा महिलाहरुका लागि कस्तो अवसरहरु छन्, आइटीमा अगाडि बढ्दा के के फाइदाहरु हुन्छन् भन्ने विषयमा काठमाडौंबाट अनलाइन प्रशिक्षण दिएकी थिइन् ।
उज्यालो फाउण्डेशनका अध्यक्ष अमोज मिश्राले नेतृत्व विकासका विषयमा अनलाइन प्रशिक्षण दिएका थिए भने उद्योगी जयश्री जाजुले महिलाहरुले कसरी उद्यमी बन्ने भन्ने विषयमा प्रशिक्षण दिए ।
कार्यक्रममा विराटनगर, इटहरी र धरानमा आइटी पढ्दै गरेका महिलाहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर