खबर पूर्वाञ्चल
कार्कीले आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै शपथ समारोह बहिष्कार गरेका हुन् । ‘शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहणपछि मुख्यमन्त्रीलाई बधाई दिएर सिट छोड्ने प्रचलन हुन्छ’ उनले भने, ‘म हिजोसम्मको मुख्यमन्त्री आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ, तर उहाँ (प्रदेश प्रमुख)ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ ।’
प्रदेश प्रमुखले संविधानको सर्वाेच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वाेच्चको फैसलालाई समेत लत्याएको कार्कीले बताए । सर्वाेच्च अदालतले मुख्यमन्त्री थापाको अघिल्लो पटकको नियुक्ति बदर गरेपछि आफू नै मुख्यमन्त्री रहेपनि प्रदेश प्रमुखले अस्वीकार गरेको उनको गुनासो छ ।