RUMPUM
animated ellipse animated ellipse

खोटाङ सामाजिक सेवा मञ्च अधिवेशन शनिबारदेखि सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ चैत्र २०७३, बिहीबार १७:४४
3
Shares
विराटनगर, ३ चैत  /खोटाङ सामाजिक सेवा मञ्च विराटनगरको अधिवेशन चैत ५ गते विराटनगरमा हुने भएको छ ।
आज विहीबार विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चले पत्रकार सम्मेलन गरी अधिवेशनको जानकारी गराएको हो । यसैगरी अधिवेशनले नयाँ कार्य समितिको पनि चयन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
खोटाङ सामाजिक सेवा मञ्च विराटनगरले निर्माणाधिन खोटाङ सामाजिक सेवा मञ्चको भवन निर्माण कार्य सम्पन्न गर्ने,सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्ने, देश विदेशमा रहने खोटाङेहरुलाई समन्वय गर्दे बन्धुत्वको भावना जगाउने तथा प्राकृतिक, दैविक प्रकोपका क्षेत्रमा काम गर्दे आएको अध्यक्ष गोपाल कटुवालले जानकारी दिए ।
गरिब तथा उत्पीडित जातिको उत्थानका लागि रोजगारमूलक कार्यक्रम संचालन गर्ने, पिछडिएका महिलाहरुका लागि सिप मुलक कार्यक्रम संचालन गर्ने लगायतका विबिध कार्यक्रम गर्दे आएको खोटाङ सामाजिक सेवा मञ्चका सचिव चेतराज रेग्मीले जानकारी दिए । यो संस्थाको २०५४ सालमा स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर