पूर्वाञ्चल खबर
साहले एनपीए कोशी प्रदेशको अध्यक्षमा ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी विवेक दाहालले १८३ मात्र मत ल्याएका छन् ।
उपाध्यक्षमा विश्वनारयण चौधरीले ३४५ मत ल्याए निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रदिप थापाले १८२ मत पाए । सचिबमा दिपेन्द्र खड्काले ३५७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी कृष्णप्रसाद बजगाइले १७८ मत ल्याए । कोषाध्यक्षमा संजिप खड्काले ३५२ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी यामप्रसाद चौलागाइले १७० मात्र मत पाए ।
यसैगरी खुल्ला सदस्यहरुमा विजय कार्कीले २६७, रष्मी अधिकारीले २३५ र महिला सदस्यमा संगीनाकुमारी चौधरीले २७८ मत ल्याएर निर्वाचित भएकी छिन् । साहको समूहबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने सचिव खड्का रहेका छन् । उनले सबैभन्दा बढी ३५७ मत ल्याएर निर्वाचित भए ।