AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लैंगिकमैत्री बजेट बनाउनुपर्नेमा सरोकारवालाको जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०८०, मंगलवार १९:४८
162
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट लैंगिकमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्ने वक्ताहरुले महानगरले बनाउने बजेट लैंगिकमन्त्री हुनुपर्नेमा जोड दिएका हुन् ।

युएनएपीए, आइपास नेपाल र भिएसओको सहयोगमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम एवीसी नेपाल, सीएमसी नेपाल र कोकनले सहकार्य गरेका थिए । कार्यक्रममा एवीसी नेपालकी कोशी प्रदेश संयोजक विष्णु शर्माले महानगरले लैंगिक हिंसाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताइन् । उनले आगामी आर्थिक वर्षको बजेट लैंगिकमन्त्री बनाउन सुझावसमेत दिइन् । आइपासका कोशी प्रदेश संयोजक सरोज भुसाल र भिएसओका प्रदेश संयोजक सुनिलकुमार साहले विराटनगरमा लैंगिक विभेदमा आधारित हिंसा र रोकथामका विषयमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगर पुग्न नसकेका स्थानमा पुगेर विभिन्न गैरसरकारी संघसंस्थाले काम गरिरहेकोमा खुसी व्यक्त गरे । उनले लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि महानगरपालिका गम्भीर रहेको उल्लेख गरे । त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरको न्यायिक समितिमा धेरैजसो लैंगिक हिंसाका उजुरी आउने गरेको बताइन् । उनले श्रीमान श्रीमतीबीचको विवादका उजुरी पनि धेरै आउने गरेको जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले लैंगिक विभेदमा आधारित हिंसा रोकथामका लागि गैरसरकारी संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने प्रस्ट पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर