AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वर्तमान गठबन्धनले मुलुको समृद्ध र जनताको जीवनस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउँछ : महामन्त्री शर्मा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७९, शुक्रबार १८:५७
126
Shares
विराटनगर / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रलाई कसिलो बनाउन आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी बनाउनु पर्ने बताएका छन् ।

कोशी प्रदेश राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजनद्वारा आज विराटनगरमा आयोजित‘ लोकतन्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रिपतिका लागि २०७९ फागुन २५ गते हुने निर्वाचनमा आठ राजनीतिक दलका तर्फवाट उम्मेदवार भएका पूर्व सभामुख रामचन्द्र पौडेललाई निर्वाचित गराउन प्रदेश सभा सदस्यहरुलाई आयोजित अभिमुखीकरण कार्यक्रममा बताएका हुन् ।

महामन्त्री शर्माले पौडेल दलको नभई गणतन्त्र मुलुकको राष्ट्रपति हुनु हुनाले सङ्घीयता संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताए । उनले वर्तमान आठ दलीय गठबन्धन जनतावीचमा निर्माण भएकोले मुलुकको संसदलाई निरन्तर रुपमा पाँच वर्षसम्म सञ्चालन गर्ने बताए ।

महामन्त्री शर्माले विगतको १२ बुंदे शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलका नेतृत्व नेताहरु वर्तमान गठबन्धनमा रहेकोले यसले मुलुको समृद्ध र जनताको जीवनस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेले उपयुक्त पात्र भएको बताए । उनले संविधान र गणतन्त्रको रक्षाका लागि आठ दलीय गणबन्धन दलका राष्ट्रपतिका उम्मेदवार पौडेललाई विजयी गराउनु पर्ने बताए ।

पूर्व सभामुख महराले देशलाई समृद्धतर्फ डो¥याउन आठ दलीय गठबन्धन गठन गरी पौडेललाई उम्मेदवार बनाइएको जानकारी समेत दिए । उनले विगतको १२ वुँदे शान्तिसम्झौतालाई टुङ्गोमा पु¥याउन र संविधानको रक्षा गर्नु पर्ने दायित्वलाई आत्मसात गर्दै आठ दलीय गठबन्धन निर्माण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर