AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुखानी दिवस सहिद परिवारको घरमा मनाउँदै फिदिम एमाले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७९, शुक्रबार १८:३८
81
Shares
फिदिम / नेकपा एमाले फिदिमले सुखानी हत्याकाण्डको सम्झनामा पार्टीले मनाउँदै आएको सुखानी दिवस यस पटक सहिद परिवारका घरमा गएर मनाउने निर्णय गरेको छ ।

पञ्चायती दमनको विरुद्ध मोर्चा बन्दी गरेको आरोपमा पक्राउ परेका पाँच जना कम्युनिस्ट नेताहरूलाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ मा सुखानीको जङ्गलमा लगेर गोली हानि हत्या गरिएको थियो ।

तत्कालीन प्रशासनले नेत्र घिमिरे, कृष्ण कुइकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई हत्या गरिएको सम्झनामा एमाले फागुन २१ गते सुखानी दिवसको रूपमा मनाउँदै आएको छ ।

पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अन्तरगत फिदिममा आज भएको योजना बैठकले पार्टीले सञ्चालन गरेका अभियानका क्रममा सहिद भएका फिदिम नगरपालिका क्षेत्रका सहिद परिवारका घरमा गएर सुखानी दिवस मनाउने योजना बनाएको एमाले केन्द्रीय सदस्य अमृता सुब्बाले बताइन् ।
उनले सहिद परिवारको सुख दुख बुझ्न र पार्टीले बनाएको योजना सहिद परिवारसँग बाँड्न पार्टी सहिद परिवारको घरैमा जान लागेको बताइन् ।
सहिदको बलिदानले उपलब्धि भए पनि पार्टीले सहिद परिवारलाई बिर्सिएको आलोचना भइरहँदा ग्रास रुट अभियानले पार्टी सहिद परिवारसँगै भएको अनुभूति दिलाउने बताइन् ।

बैठकले बनाएको प्रदेश कमिटी सदस्य मेघराज घिमिरे, जिल्ला कमिटी सचिव विष्णु सापकोटा र जय प्रसाद केरुङ संयोजक रहने तीन वटा कमिटी समेत गठन गरेको छ । कमिटीले पालिकाका सबै वडामा गएर सङ्गठन विस्तार गर्ने छ ।

बैठकले जन वर्गीय सङ्गठनको भेला, गठन र पूर्नगठन गर्ने छ । यस्तै अभियान अन्तरगत प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर