AArya
RUMPUM
animated ellipse animated ellipse

एभरेष्टमा वार्षिक स्पोर्ट्स मिट सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७९, आईतवार १८:४६
3
Shares
विराटनगर / विराटगर– स्थित एभरेष्ट स्कुलको वार्षिक स्पोर्ट्स मिट आजदेखि सुरु भएको छ ।

एभरेष्ट कलेजको खेल मैदानमा आज मन्टेश्वरी तर्फका कक्षा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विभिन्न प्रतियोगिता गराइएको हो । २१ गतेदेखि गर्ने तालिका रहेपनि यस वर्ष तीनदिने अभिभावक दिवस मनाउने तयारी भएपछि स्पोर्टस् मिटलाई चरण चरणमा सम्पन्न गर्न लागिएको एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताए। उनका अनुसार आजदेखि मन्टेश्वरीका विद्यार्थीहरु सहभागि हुने खेलकुदका गतिविधि सुरु भएका हुन् भने यसै साताभित्र कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरुको पनि स्पोर्ट्स मिट सम्पन्न हुनेछन् ।

माघ २७ देखि तीन दिन अभिभावक दिवस मनाउने हुँदा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको स्पोर्ट्स मिट भने फागुनको पहिलो साता हुने विद्यालयले जनाएको छ । बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद अपरिहार्य रहेकाले हरेक वर्ष तालिका बनाएर खेलकुद प्रतियोगिताहरु गर्दै आएको एभरेष्टले प्रशिक्षक मार्फत विभिन्न खेलको नियमित प्रशिक्षण कक्षा समेत सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर