पूर्वाञ्चल खबर
कृषि अनुसन्धान निर्देशनालय सुनसरी तरहरामा आज आयोजित दोस्रो त्रेमासिक तथा अर्ध वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनीहरुले प्रविधिको प्रयोग गरी कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।
प्रदेश १ उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषि क्षेत्रको विकास आफ्नो मुख्य लक्ष्य हो भन्दै तराईदेखि हिमालसम्म रहेको भूगोलमा गुणस्तरीय कृषि उत्पादन वृद्धिका लागि अध्ययन अनुसन्धानका आधारमा कार्य गर्न आग्रह गरे ।
उनले सहकारी मार्फत कृषकको घर आङ्गनमा उत्रत बीउ, प्रविधि पु¥याई उत्पादनलाई बजारसम्म पु¥याउन पर्नेमा जोड समेत दिए ।
सो अवसरमा मन्त्री सिटौलालले सुसनरीकै तरहरामा प्रदेश सरकारको१९ करोड लाख सहयोगमा सगरमाथा डेरी विशिष्टिकृत सहकारी सङ्घद्वारा निर्माधीधन अवस्थामा रहेको धुलो दुग्ध काराखाना एवं कामधेनु डेरी उद्योगको निरीक्षण एवं अवलोकन समेत गरे ।