पूर्वाञ्चल खबर
विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज विराटनगरमा आयोजित २४ औं नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सव समारोहमा उक्त्त जानकारी दिइएको हो ।
कार्यालयका विराटनगर प्रमुख रिन्जी शेर्पाका अनुसार उक्त्त अवधिमा आगमनतर्फ तीन लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ तीन लाख ८२ हजार २७६ जना यात्रुहरुले विमानस्थल प्रयोग गरेका छन् । यस्तै सोही अवधिमा आगमनतर्फ छ हजार ७६६ र प्रस्थानतर्फ छ हजार ७६५ गरि जम्मा १३ हजार ५३१ विभिन्न कम्पनीका हवाई जहाजहरुले उडान भरेका छन् ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले वार्षिकोत्सको उद्घाटन गर्दै सुरक्षालाई प्राथमिकतामा राखि यात्रुहरुहरुको सेवा सुविधामा वृद्धि गरेमा आन्तरिक तथा वाह्य पर्यटक वृद्धि गर्न सहयोग पुग्ने बताए ।
विराटनगर कार्यालयका प्रमुख शेर्पाले विमानस्थलको धावनमार्ग पूर्वतर्फ १७५ र पश्चिततर्फ एक सय गरी २७५ मिटर विस्तार गर्न ठेक्का आव्हान भैसकेको जानकारी दिए ।
विराटनगर –४ का वडाअध्यक्ष जीतन थापा, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनाल,वुद्ध एयर विराटनगरका प्रमुख कौशल भण्डारी, ट्राभल एजेन्सी विराटनगरका प्रमुख फडिन्द्र अधिकारी र कार्यालयका युगल बरालले विदेशी मुद्रा आर्जन गर्न यहाँबाट हिमाल दृश्यावलोकन उडान गर्न सुझाव दिए ।
सोही अवसरमा विभिन्न खेलकूदमा विजयी खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । विराटनगरबाट विभिन्न क्षेत्रमा दैनिक ४० उडान हुने गरेका छन् ।