AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालका स्विपर आन्दोलित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ आश्विन २०७९, मंगलवार १७:२८
306
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा १५ वर्षदेखि कार्यरत स्विपरहरू आन्दोलित भएका छन् ।

उनीहरूले अस्पतालमा काम गरेको १५ वर्ष बितिसक्दा पनि दैनिक ज्यालादारीमा राखेको भन्दै स्थायी गरिनुपर्ने माग राख्दै मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले अस्पताल परिसर भित्र भेला भएर आन्दोलनमा उत्रिनु परेको स्विपर अशोक मरिकले बताए । ‘२०६४ सालदेखि कोशी अस्पतालमा काम गर्दै आएका छौं,’ उनले भने, ‘अहिलेसम्म अस्पतालले हामीलाई स्थायी नियुक्ति गरेको छैन ।’

अस्पतालमा नयाँ मेसु आएपछि यहाँको स्विपरहरुलाई हटाउने चलखेल सुरु गरेको कारणले आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । कोशी अस्पतालमा २० जना स्विपर रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर