AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजमा अभिमुखिकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० श्रावण २०७९, सोमबार १७:०६
1.49k
Shares
विराटनगर/ विराटनगर– १० मा रहेको अरनिको कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिम तथा स्वागत गरेको छ ।

कलेजले आज एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिएको हो । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा पनि अभिमुखिकरण जानकारी दिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।

विज्ञान संकाय, व्यवस्थापन संकाय र होटेल मेनेजमेन्ट संकायमा पठनपाठन हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रमा विज्ञान संकायमा ८२१ र व्यवस्थापन संकायमा ८३ गरि ९ सय ४ विद्यार्थीहरु भर्ना भएका छन् ।
तालिममा प्रम’ख अतिथि नेम्सका निर्देशक डा. नविन शर्मा, कलेज व्यवस्थान समितिका अध्यक्ष लक्ष्मी अधिकारी, कलेजका निर्देशक हरु उमेन्द्र विलास लुइटेल, डा. भवेन्द्र निरौला, भरतराज दाहाल, निलमकुमार अधिकारी, शैलेशकुमार झा र विकाश खनाल तथा शिक्षक विजय दंगाललाययले कलेजको बारेमा विद्यार्थीहरुलाई जानकारी गराए ।

अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज अरनिको भएकोले हाम्रो रोजाईमा परेको विद्यार्थी सलोमी राजवंशी, उन्नती पौडेल र पियुस नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर