AArya
RUMPUM
animated ellipse animated ellipse

जेम्स र मोर्डन एरा उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७३, शुक्रबार १७:५०
3
Shares
विराटनगर। २० फागुन/ विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप आज शुक्रबार भएको खेलमा जेम्स र मोर्डन एरा विजयी उपाधि नजिक प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनल खेलमा जेम्स स्कूलले डनवस्को स्कूललाई १–० को गोल अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेको हो । खेलको एक मात्र निर्णयक गोल जेम्सका रोशन कार्कीले गरेका थिए । खेलको म्यान अफ द म्याच जेम्सका निरज बस्नेत घोषित भए ।
दोस्रो सेमिफाइनल खेलमा मोर्डन एरा स्कूलले अर्पण स्कूललाई २–० गोल अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेको हो । मोर्डन एराका अजय भुजेल र सुदिप माझीले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच अर्पणका सुजन भुजेल घोषित भए ।
फाइनल खेल शनिबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर