AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मल्टिकेयर क्लिनिक आजदेखि सञ्चालन, १५ जनासम्मले रोजगारी पाउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७९, सोमबार १३:४३
4.55k
Shares
विराटनगर / विराटनगर ५ बगरगाछी चौक नजिक मल्टिकेयर डेन्टल क्लिनिक सञ्चालनमा आएको छ । आज एक कार्यक्रम आयोजना गरि उक्त क्लिनिक सञ्चालनमा आएको हो ।

क्लिनिकको उद्घाटन टिकामाया बस्नेतले गरेकी हुन् । अत्याधुनिक उपकरण जडान गरि गुणस्तरीय उपचार प्रदान गर्ने उद्दश्यले क्लिनिक सञ्चालनमा ल्याएको वरिष्ठ दन्त्त रोग विशेषज्ञ तथा सञ्चालक डा.स्वेच्छा शाहले जानकारी दिए ।

क्लिनिकमा बालवालिकादेखि ज्येष्ठ नागरिसम्मको उपचार हुनेछ । ‘हामीले सञ्चालनमा गरेको क्लिनीक दातको स्पेशलिटी हो,’ उनले भने, ‘यहाँ आउने विरामीलाई हामी गुणस्तरीय सेवा दिनेछौं ।’
करिब ६० लाख बढी लगानीमा सञ्चालनमा ल्याएको डेन्टल क्लिनिकमा अत्याधुनिक उपकरण जडान गरिएको ल्याब रहेको छ । ‘दातको आरसिटी पहिला हातबाट गरिने गरेको थियो,’ डा. शाहले भनिन्, ‘यस क्लिनिकमा सुविधा सम्पन्न उपकरण मेसिनबाट हुनेछ ।’

क्लिनीक फुल फेजमा सञ्चालनमा आएपछि १० देखि १५ जनासम्मले रोजगारी पाउने डा. शाहले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर