पूर्वाञ्चल खबर
दिवसको अवसरमा प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण गरेका छन् । आश्रममा अनाथ, बेसहारा, सडक मानवहरूलाई मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, आधिकारिक ट्रेड युनियनलगायतले फलफूल वितरण गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र दिवस –२०७८ मूल समारोह समिति मोरङद्वारा आज विराटेश्वर वुद्धाश्रम वहुृउद्देश्यीय भवन विराटनगर–८ र मानव सेवा आश्रममा विराटनगरमा आश्रय लिइरहेका जेष्ठ नागरिक, वृद्ध, असाहयलाई फलफूल वितरण गर्दै भगवानको एक रुपमा रहेका जेष्ठ नागरिक आमावुवा तथा असायको सेवा गर्नु मानवजीवनको सवोत्तम कार्य भएको मुख्यमन्त्री राईले बताए ।
मुख्यमन्त्री राईले वृद्ध आमावुवा वर्तमान अवस्थामा भगवानको रुप भएकोले छोराछोरीले उचित पालनपोषण, हेरचाह र सेवा गर्नु कर्तव्य भएको बताए । उनले जेष्ठ नागरिकको आज दर्शन एवं सेवा गर्न पाउँदा आफूलाई ठूलो खुशी लागेको चर्चा गर्दै जेष्ठ नागरिकहरुवाट देशको समृद्धि र जनताको उन्नति र प्रगतिको लागि आर्शिवाद दिन आग्रह समेत गरे ।
विराटनगरमा नागरिकस्तरमा स्थापना हुने जेष्ठ नागरिक उपचार सेवा केन्द्र भवन निर्माणलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्दै मुख्यमन्त्री राईले सामाजिक कार्यमा नागरिकका तर्फबाट हुने कार्यमा सरकार होष्टेमाथि हैँसे गर्न तयार रहेको बताए ।
मुख्यमन्त्री राईले वृद्धाआश्रम व्यवस्थित रुपमा सञ्चालन गरी दिनदुःखी सेवा गरेकोमा संञ्चालक प्रति कृतज्ञयता व्यक्त गर्दै प्रदेश सरकारले थप आवश्यक सहयोग प्रदान गर्ने बताए ।
यसैगरी मुख्यमन्त्री राईले मानवसेवा आश्रम विराटनगर–१० मा रहेका असाहय नागरिकलाई फुलफूल वितरण गर्दै मोरङको ग्रामथानमा निर्माण भैरहेको आश्रमलाई आगामी दिनमा थप बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।