पूर्वाञ्चल खबर

बिहीबार दहिधापमा वर्षौदेखि यहाँका सुकुम्बासीहरुले भोगचलन गर्दै आएका जग्गा हेर्न उनीहरु आएका थिए । जग्गा हेर्न आएका उनीहरुले फोटो खिच्न थालेपछि स्थानियले भू माफिया आएको र यहाँका सुकुम्बासीहरुलाई उठाउने सक्ने भन्दै स्थानियले कुटपिट गरेका थिए । ठूलो संख्यामा भेला भएका स्थानिय कुटपिट र तोडफोडमा उत्रिएपछि स्थायी प्रहरी चौकी रमाइलो, इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल शनिश्चिरे पुगेको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी खटाएपछि भिड नियन्त्रण लिएको थियो ।
सात घण्टासम्म स्थानियको घेराबन्दीमा रहेका उनीहरुलाई प्रहरीले बिहीबार साँझ इप्रका पथरी लिएर आएको डिएसपी कृष्ण खड्काले बताए । वर्षौदेखि बसोवास गर्दै आएका सुकुम्बासीहरुले भोगचलन गर्दै आएका जग्गाको फोटा र भिडियो खिच्ने गरेको देखेपछि भू माफिया हुनसक्ने भन्दै स्थानियले नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
प्रशासनको रोहबरमा तीन बुद्धे सहमति गरेपछि उनीहरुलाई छोडेको थियो । इप्रका पथरीमा भएको छलफलमा आउँदा दिनमा माफिया गिरी नगर्ने, सुकुम्बासीहलाई दुःख नदिने, आउँदा दिनमा नआउने प्रतिवद्धता गरेपछि सहमति गरेर छोडेको स्थानिय अम्बिका अर्यालले बताए ।
कानेपोखरीको गाउँपालिका भित्र झण्डै पाँच हजार घरदुरी सुकुम्बासी रहेका छन् । सबैभन्दा बढी कानेपोखरी ६ मा रहेको छ । कानेपोखरी ६ मा मात्र १ हजार ३ सय घरधुरी सुकुम्बासी रहेका छन् । नयाँ मान्छे आएर सुकुम्बासीले वर्षौदेखि भोगचन गर्दै आएको जग्गामा आए यहाँका स्थानिय एकजुट भएर उनीहरुलाई लखेटने गरेका छन् ।
यस अघि २०७३ सालमा पनि यस्ता घटना भएको थियो । त्यसबेला पनि तीन जना मध्ये शेरबहादुरले ठुलै ग्याङ ल्याएर नाप जाँप गर्दा स्थानीय र उनीहरु बिच झडप भएको वडाअध्यक्ष खड्ग बस्नेतले बताए । तीन जना मध्ये शेरबहादुर भू माफियाको मुख्य नाइके थिए ।