AArya
RUMPUM
animated ellipse animated ellipse

सत्कार होटल एण्ड टुरिजम स्कुलको उद्घाटन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ माघ २०७८, आईतवार १८:१०
3.55k
Shares
विराटनगर / सरस्वती पुजाको अवसर पारेर विराटनगरमा सत्कार होटल एण्ड टुरिजम स्कुलको उद्घाटन भएको छ । आज स्कुलका एक कार्यक्रमको विच सास्टम कलेजका क्याम्पस मेनेजमेन्ट महेश्वरप्रसाद सिंहले गरे ।

कलेजमा होटल म्यानेजमेन्ट, टुरीजम र फेसन डिजाइन सम्बन्धि कोर्स पढाई हुने छ । कोर्ष अन्तरगत १ देखि ६ महिनासम्मका छोटा कार्यक्रम राखिएको कार्यक्रम निर्देशक दिपेन भट्टराईले बताए ।साथै डिप्लोमा लेभेलका कोर्षहरु पनि समावेश गरेको भट्टराईले जानकारी दिए ।

इटिभिए मलेसियाबाट सम्बन्धन प्राप्त र सास्थम कलेजको टेक्निकल सपोर्टमा संचालित सत्कार होटल एण्ड टुरिजम स्कुलले आगामी दिनमा होटल म्यानेजमेन्ट सम्बन्धी थप नयाँ कार्यक्रम ल्याउने भट्टराईले जानकारी दिए । गत वर्षदेखि नेशनल एकाडेमीसङ्ग मिलेर प्लस २ मा होटेल मेनेजमेन्टको कार्यक्रम सञ्चालन गरेको स्कुलले जनाएको छ।

स्कुलमा सुविधा सम्पन्न कक्षाकोठा साथै दक्ष प्रशिक्षकहरूकोे टोलीले विद्यार्थीहरूलाई सिकाउने छन् । स्कुलमा करिव ३० लाखको लगानी रहेको निर्देशक भट्टर।ईले जानकारी दिए । स्कुलमा भट्टराईसहित चन्दन साह, राजेश गुरुङ, विवेक आचार्य, शैलेन्द्र गणेश,सुलभ पौडेल र नेशनल एकाडेमीका प्रिन्सिपल सकलदेव साह रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर