AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विविएस तेस्रो बर्षको रिजल्टमा विराटनगरको मेरिल्याण्ड कलेज नेपाल प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७८, शुक्रबार १७:५७
3.04k
Shares
विराटनगर / विराटनगर ७ मा रहेको मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवालले त्रिविद्वारा हालै प्रकाशित विविएस् तेश्रो बर्षको परिक्षाफलमा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम गरेकि छिन् ।

९७ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ३ जना डिस्टिङ्सन, २२ जना प्रथम श्रेणीसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको मेरिल्याण्डको प्रिन्सिपल लक्ष्मण ढकाल बताए ।

सिम्रनले २०७५ सालमा विविएस् प्रथम बर्षको परीक्षामा पनि प्रदेश प्रथम गरेकी थिईन् । त्यस्तै मेरिल्याण्डका पूर्व छात्र किन्जल पोख्रेलले २०६९ सालमा नेपाल प्रथम भई तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए । मेरिल्याण्डले व्यवस्थापन +२ तर्फको परिणाममा देशभरिमा उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको कलेजले जनाएको छ । मेरिल्याण्ड देशकै र प्रदेशकै व्यवस्थापन शिक्षामा अग्रणी शैक्षिक संस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर