AArya
RUMPUM
animated ellipse animated ellipse

अनिश्चितकालिन शिक्षण संस्था बन्दको घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७३, शुक्रबार २०:०८
3
Shares
विराटनगर, १३ फागुन /  महेन्द्र मोरङ क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी रुपेश यादवको घटनालाई लिएर मोरङका सवै विद्यार्थी संगठनले माग पुरा नभएसम्म अनिश्चितकालका लागि मोरङका सबै शैक्षिक संस्था बन्द गराउने भएका छन् ।
 यादवलाई बिहिबार विहान ग्रेडरको ठक्करबाट घाइते बनाएपछि आक्रोशित बनेका विद्यार्थीले शिक्षण संस्था बन्द गराई आन्दोलनमा उत्रिएका हुन् । सवै विद्यार्थी संगठनले विभिन्न माग राख्दै माग पूरा नभएसम्मको लागि शिक्षणसंस्था बन्द गराउने चेतावनी दिएका छन् ।
क्याम्पसबाट घर फर्कदै गरेका यादवलाई सडक निर्माणमा खटिएको कालिका कन्सट्रक्सनको
ग्रेडरले क्याम्पसको गेट अगाडि ठक्कर दिएको थियो । यादव गम्भिर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । तत्काल घटनाको विरोधमा उत्रिएका विद्यार्थीहरुले
ग्रेडरमा आगजनीको प्रयास गरेपछि प्रहरीले लाठिचार्ज तथा हवाई फायर समेत गरेको थियो । विद्यार्थी संगठनहरुको संयुक्त निर्णयपछि शैक्षिक संस्था अनिश्चितकालिन बन्दको घोषणा भएको अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलमले बताए । उनका अनुसार प्रशासनले विद्यार्थी संगठनहरुका माग पुरा नभएसम्म आन्दोलन जारी रहने छ ।
घटनाको विरोधमा शुक्रवार स्थानीय रोडशेष चोकमा विरोधमा उत्रिएका विद्यार्थी संगठनहरुले टायर बालेर प्रदर्शन गरेका छन् । विरोध सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र पसेर प्रहरीले हस्तक्षेप र दमन गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको राजिनामा समेत मागेका छन् ।
दमनमा उत्रने प्रहरीलाई कारवाहि र माग पूरा नभएसम्म कालिका कन्स्ट्रक्सनका सम्पूर्ण कामहरु रोक्न उनीहरुले दवाव दिएका छन् । विद्यार्थीहरुले घाइतेको उपचार, उसको भविष्यको सुनिश्चितता लगायतका माग राख्दै आन्दोलनलाई थप कडा बनाउदै लैजाने बताएका छन् ।
शुक्रवार आयोजित विरोधसभालाई सम्बोधन गर्दै अनेराश्ववियू मोरङ अध्यक्ष गोकर्ण घिमिरेले विद्यार्थीको मागप्रति गम्भिर नभए आन्दोलन चर्काउन बाध्य हुने चेतावनी दिए । विरोध सभालाई नेविसंघका केशव गिरी, मोर्चाका तर्फबाट श्रीराम साह र नयाँशक्तिका कमल पोखरेललगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर