पूर्वाञ्चल खबर
इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका रमेशलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो ।
अदालत उपस्थित गराएको रमेशको भोली मोरङ अदालतमा बयान हुने र सोहिदिन थुनछेक बहस हुने अदालतले जनाएको छ ।
रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुणामणि उप्रेती (गोरे)का भार्इ हुन् । सुन तस्करी प्रकरणको रहस्य बाहिरिए पछि फरार भएका उनी युएईमा बस्दै आएका थिए ।
उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेशलाई हिजो दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल ल्याइएको हो ।