AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेपाल विजनेस कलेजले सुरु गर्यो बीआईटी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७८, आईतवार १७:०२
459
Shares
विराटनगर / विराटनगर ११ मा रहेको नेपाल विजनेस कलेजले यस शैक्षिक सत्रदेखि व्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) सुरू गरेको छ ।

कलेजका निर्देशक दीपक कोइरालाले मलेसियाको लिंकन विश्वविद्यालयको सम्बन्धनमा बीआईटी अध्यापन सुरू गरिएको जानकारी दिए ।

बीआईटीका लागि छ सेमेष्टरमा प्रति विद्यार्थी जम्मा ५ लाख १६ हजार रूपैयाँ लाग्ने जनाइएको छ । सोही रकमबाट चौथौं सेमेष्टरमा थाइल्याण्डमा शैक्षिक भ्रमणसमेत राखिएको छ । यस शैक्षिक सत्रमा बीआईटीका लागि कलेजले ३६ जनाका लागि कोटा तोकेको जनाइएको छ ।

कलेजमा हाल चार वर्षे बीबीए र एमबीए अध्यापन हुँदै आएको छ । निर्देशक कोइरालाले बीबीए र एमबीए अध्ययनरत रहेका धेरै विद्यार्थीहरूको विभिन्न बैंक तथा वित्तीय संस्था र कम्पनीहरूमा रोजगारी सुनिश्चित भइसकेको बताए ।

उनले नेपाल बिजनेस कलेजमै अध्ययन गरेका पारूल अग्रवाल हाल भारतको बैंगलोरस्थित बहुराष्ट्रिय कम्पनी ब्रिटानिया इण्डष्ट्रिज र रेश्मा कार्की चेन अस्पतालका रूपमा सञ्चालित भारतकै एम्स अल्मुनाई अस्पतालमा कार्यरत रहेको जानकारी दिए ।

सञ्चालक समिति अध्यक्ष डा भेषप्रसाद धमलाले कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरूले आफ्नो जीवनमा पर्याप्त रूपमा क्षमता प्रदर्शन गरेको दाबी गरे । उनले वर्तमान समय सूचना प्रविधिको युग भएकोले कलेजले समय सुहाउँदो रूपमा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्न बीआईटी सुरू गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर