AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

छोराको हत्या आरोपमा आमा र बहिनी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ मंसिर २०७८, सोमबार १६:०२
927
Shares
विराटनगर/ मोरङको कटहरीमा छोराको हत्या आरोपमा आमा र बहिनी पक्राउ परेका छन् ।

कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराँउको कान्छी आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको हो । मादक पदार्थ सेवन (मापसे) गरेर आएका राजेन्द्रले गत शनिबार राति घरमा झैझगडा गरेका थिए । झगडा हुँदा राजेन्द्रले कान्छी आमा ५५ वर्षीया बातियो उराँउलाई कपाल भुतल्याउँदै घाँटी न्याकेका थिए । प्रतिकारमा उत्रिदा आमा बातियो र बहिनी ३० वर्षिय रिता उराँउले बाँसको लट्ठीले राजेन्द्रलाई कुटपिट गरेको खुलेको छ । कुटाइबाट टाउँकोमा गम्भिर चोट लागेर घाइते भएका राजेन्द्रको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

घाइते भएका राजेन्द्रप्रसादलाई उपचारका लागि आइतबार राति नै विराटनगरको कोशी अस्पताल भर्ना गरिएको थियो । सामान्य उपचारपछि परिवारका सदस्यले राजेन्द्रलाई घरमा लगे राखे । घटनाका बारेमा ढिलो गरी जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले आइतबार राति पुनः राजेन्द्रलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गर्यो ।

उपचारकै क्रममा राति १०ः१५ बजेतिर उनको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । कुटपिट गरेर राजेन्द्रप्रसादको हत्या आरोपमा कान्छी आमा बातियो र बहिनी रीतालाई प्रहरीले पक्राउ गरि घटनाका बारेमा अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

राजेन्द्रको जेठी आमा सानैमा मृत्यु भएको थियो । त्यसपछि उनका बावुले कान्छी आमा ल्याएका हुन् । मृतक राजेन्द्रप्रसादका दुई जना छोरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर