AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दुई दिनदेखि हराएका बालक सिंघीया खोलाको किनारमा मृत फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७८, बुधबार १२:५८
3.97k
Shares
विराटनगर / दुई दिन देखि मोरङको बुढिगंगा गाउँपालिका–५ हात्तिमुढाबाट हराएका वालक सिंघीया खोलाको किनारमा मृत फेला परेका छन् ।

कार्तिक २२ गते दिउँसो ३ बजेदेखि हात्तिमुढास्थित लिची बगैंचाबाट हराएका १४ वर्षीय बालक निश्चल राय सिंघीया खोलाको किनारमा आज मृत फेला परेका हुन् ।

घरदेखि एक किलोमिटर दुरीमा उनी मृत भेटिएका मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिएका छन् । घरबाट अचानक हराएका बालकको खोजीमा परिवारजन रहेको थियो । प्रहरीमा खबर गरेसँगै सामाजिक सञ्जाल तथा सार्वजनिक सञ्चारमाध्यममा बालक हराएको भन्दै हुलियासहित सूचना सम्प्रेषण गरिएको थियो ।

घटनापछि प्रहरीले अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर