पूर्वाञ्चल खबर

आज विहान साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली करिव तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्थाउँदो सूर्यलाई अघ्र्य दिने पराजुलीका प्रेस सल्लाहाकार कौशल निरौलाले जानकारी दिए । सो दुरी पार गर्न उनलाई करिव चार घण्टा लाग्ने छ । उनीसँगै भतिज प्रमिश पराजुलीले पनि दण्डप्रणाम गर्दै यात्रा सुरु गरेका छन् ।
२८ बर्षयता बर्ष छैठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १८ औं पटक निरन्तर दण्डप्रणाम सुरु गरेका हुन् ।
मेयरमा निर्वाचित भएपछि पराजुलीको यो चौथो छठ ब्रत हो । नगरबासीको सुख, शान्ति समृद्धिको कामना गर्दै उनले यसअघि छठको कष्टपूर्ण ब्रत बसे थिए । दण्डप्रणाम यात्रापछि उनले आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर घाटमा जाग्राम बसेर भोली विहानको उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि ब्रत समापन गर्नेछन् ।