AArya
RUMPUM
animated ellipse animated ellipse

एमालेको चियापानमा विराटनगरका सवै कार्यकर्तालाई उपस्थित हुन महानगर कमिटीको निर्देशन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०७८, मंगलवार १८:१३
2.41k
Shares
विराटनगर / एमाले विराटनगर महानगर कमिटीले १९ वटै वार्डका नेता कार्यकर्तालाई शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन निर्देशन गरेको छ ।

१९ वटै वार्डका पदाधिकारीसहित बसेको महानगर कमिटी पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । एमाले मोरङको आयोजना र विराटनगर महानगर कमिटीको ब्यवस्थापनमा हुने कार्यक्रमका लागि आवश्यकता अनुशार स्वयंसेवक समेत तयार राख्न निर्देशन गरेको छ । यस्तै भोलि विहान ८ बजे पार्टी कार्यालयको सरसफाई गर्ने निर्णय गरेको छ । एमालेका अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा कार्त्तिक २२ गते पार्टी कार्यालय पाञ्चालीमा हुने कार्यक्रमको लागी आवश्यकता अनुसार सवै भूमिका महानगर कमिटीले निर्वाह गर्ने अध्यक्ष सागर थापाले बताए । उनका अनुसार विहान ११ बजेदेखि शुरू हुने कार्यक्रममा २ बजेसम्म पार्टीका नेता कार्यकर्तासँग र ३ देखि ५ बजेसम्म शुभेच्छुक, राजनितिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योगी ब्यवसायीलगायत सबै क्षेत्रका ब्यक्तिहरूसँग शुभकामना आदानप्रदान गरिने तय भएको छ ।

हरेक वर्ष तिहार अघि गर्दै आएको चियापान कार्यक्रम एमाले मोरङले यस वर्ष तराईबासीको महत्वपूर्ण पर्व छठको पूर्वसन्ध्यामा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर