AArya
RUMPUM
animated ellipse animated ellipse

ओभरटेक गर्दा विराटनगरमा भएको दुर्घटनामा एकको मृत्यु, ६ घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० कार्तिक २०७८, बुधबार २१:२१
7.55k
Shares
विराटनगर/ विराटनगर – ४ आयल निगम अगाडी दुर्घटनामा परि एक जना पैदल यात्रीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

आज साँझ दुर्घटनामा परि विराटनगर ३ हलेसि टोलका ६० वर्षिय रमेशकुमार पाण्डेको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो । उक्त दुर्घटनमा परि कार चालक सप्तरी राजविराज घर भएका दिलिपकुमार यादव, ब्रमदेव यादव, गिरीजा चौधरी र सुनिता यादव घाइते भएका छन् । उनीहरु सबै कारमा सवार थिए । उनीहरूको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेज र विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना कारले ओभरटेक गर्दा भएको खुलेको छ ।विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश ३ –०१–०२३ नम्बरको रातो कारले सोही दिशातर्फ जादै गरेको प्रदेश नंं.२–०३–००१– ख १७७१ नम्बरको मालवक ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ओभरटेक गर्दा ट्रकमा ढोकिएर कारले सडकमा राखिएको डिभाइटरमा ठक्कर दिएको थियो । कारले पैदलयात्री पनि ठक्कर दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा. २ झ ३२६५ नम्बरको नेपाली सेनाको स्कारपियो गाडीलाई पनि छती भएको प्रहरीले जनाएको छ । नेपाली सेनाले चलाएको स्कारपियो र ट्रकको चालक अहिले मोरङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘तीन वटा सवारी साधन दुर्घटनामा परेको देखिएको छ,’ घटनास्थलमा पुगेका मोरङ ट्राफिकका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले भने, ‘ओभरटेक गर्दा दुर्घटना भएको देखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर