खबर पूर्वाञ्चल

‘केही हप्ताअघि मलाई झुक्याएर मेरा आफ्नै संगठनका साथीहरूबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको घटनाप्रति मेरो असहमति रहेको सबैमा जानकारी गराउँछु’, विज्ञप्तिमा उल्लेख छ, ‘सो कार्यक्रममा म आफ्नो इच्छाले नगएको पनि स्पष्ट पार्दछु । राजनीतिक र वैचारिक रूपले उल्टोबाटो हिंडिरहेको एमाले पार्टी निकटको शिक्षक संगठनमा म नरहेको र एकीकृत शिक्षक संगठनमै रहेको सबैमा जानकारी गराउँछु । साथै देशमा भएका राजनीतिक परिवर्तनको नेतृत्व नेकपा माओवादी केन्द्रबाट मात्रै सम्भव भएको हुँदा सोही पार्टीमा एकताबद्ध हुन सबै श्रमजीवि शिक्षक, बुद्धिजीवी, पेशाकर्मी तथा आम जनतामा हार्दिक अपिल गर्दछु ।’
यसअघि फुयाँल माओवादी निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन कानेपोखरी गाउँ कमिटीको सदस्य थिए ।