खबर पूर्वाञ्चल
विराटनगर– ६ रामपुरका २५ वर्षिय विमल कार्कीले खुकुरी प्रहार गरि काँभे्रका व्यापारी कामनसिंह लामालाई आज दिउँसो घाइते भएका हुन् ।
घाइते भएका व्यापारी काँभ्रेमा इट्टाभट्टा संचालन गर्ने व्यापारी रहेको बुझिएको छ । घाइते भएका लामाको उपचार विराट नर्सिङ होममा भइरहेको छ ।
खुकुरी प्रहार गर्ने कार्कीलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । ‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं ।’ कार्कीले के कारणले खुकुरी प्रहार गरे त्यो खुलिकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस विषय थप जानकारी केही बेरमा आउनेछ ।