खबर पूर्वाञ्चल
प्रदेश प्रमुख अधिकारीले आज श्री स्टार वहुउद्देशयीय सहकारी संस्था लि. विराटनगरको २४ औं बार्षिक साधारण सभालाई सम्बोधन गदैृ सो कुरा बताएका हुन् ।
प्रदेश प्रमुख अधिकारीले हरेक जात, जाती, धर्म, संस्कृति र वर्गका मान्छेलाई सहकारी संघ संस्थाले समेटेको कारण मुलुक विकासको आधार स्तम्भका रुपमा यिनीहरुलाई उपयोग गर्न सकिने बताए । जबसम्म सिमान्तकृत वर्ग र समुदायलाई परिवर्तन गर्न सकिदैन तबसम्म कुनै मुलुकको सम्बृद्घि सम्भव हुदैन भन्दै प्रदेश प्रमुख अधिकारीले सहकारी क्षेत्रसँग भएको शक्तिलाई रोजगारी प्रवर्धन, व्यवसाय विस्तार, उधमशिलताको विकास, उत्पादनमा बृद्घि र सदसयहरुको आत्म निर्भरतमा प्रयोग गर्नु पर्ने बताए ।
संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रमेशप्रसाद पोखरेलले संस्थाले बार्षिक २ अरब भन्दा बढीको कारोवार गरेको बताए । २०५४ सालमा स्थापना भएको संस्थामा हाल १ हजार ९ सय ७७ जना सदस्य छन भने ३ करोड ९४ लाख ८७ हजार शेयर पूजीँ छ । आ. व. २०७७÷०७८ मा संस्थाले कूल बचत ३० करोड ६१ लाख ४६ हजार, कर्जा लगानी ३० करोड १३ लाख ५३ हजार, विभिन्न कोषमा ३ करोड ५८ लाख ४८ हजार र बैंक मौज्दात ८ करोड ९७ लाख ५६ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

सोही कोषको व्याजबाट उक्त छात्रवृति वितरण गर्ने गरिएको छ । यसपटक उक्त छात्रवृती महेन्द्र रात्री मा.वि. का अजित उराँव, मिल्स मा.वि. विराटनगरका नेबिनाकुमारी राजवंशी, मिल्स मा.वि. विराटनगरकै विनस राजवंशी, जनपथ मा.वि. विराटनगरका पुनमकुमारी कामत र सीमा राय, देवी मा.वि. ग्रामथानकी समिक्षा ढकाललाई वितरण गरियो । त्यसैगरी सरस्वती मा.वि. विराटनगरका सदव हुसेन र सुष्मा तामाङ, मिल्स मा.वि. विराटनगरका पूजा राजवंशी र ज्योतीकुमारी केवट तथा सत्य नारायण मा.वि. विराटनगरका रोशनकुमार ऋषिदेवलाई प्रदान गरियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य बसन्तीदेवी यादव, विराटनगर–१२ का वडा अध्यक्ष हिरालाल कामत, जिल्ला सहकारी संघ लि. मोरङका वरिष्ठ उपाध्यक्ष विजयकुमार माझी, सचिव विरेन्द्र यादव, सम्मानित ब्याक्ति हेमचन्द्र वस्ती लगायतले बालेका थिए ।
सप्ताहव्यापि रुपमा असोज १ गते बाट शुरु गरिएको साधारण सभालाई आज विशेष कायक्रमका साथ सम्पन्न गरिएको हो ।