खबर पूर्वाञ्चल
मुक्ति समाजले मोरङका १७ वटै स्थानीयतहका सबै वडामा संगठन सुदृढीकरण अभियानतीब्र बनाएको हो । अभियानअन्तर्गत मोरङको रंगेलीमा सम्पन्न भेलाले नगरपालिकाको ९ वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
राष्ट्रियसभाकापूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज १ नं. प्रदेश इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा रंगेली–७ बसपार्कस्थित पार्टी कार्यालयमा सम्पन्न मुक्ति समाजको नगरस्तरीय भेलाले ललितबहादुर सार्कीको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा आनन्दी ऋषिदेव, सचिवमा गुलबचन्द सरदार, सह–सचिवमाप्रमोद सरदार र कोषाध्यक्षमाविनोद सरदारलाई चयन गरेको छ ।
त्यस्तै उक्तभेलाले सदस्यहरुमा किशोर (किशन) विश्वकर्मा, प्रकाश कार्की ढोली, चिनिया ऋषिदेव, राम परियार, केदार दमाई, भोला सरदार, जोगानन्द ऋषिदेव, लक्ष्मिवि.क, महानन्द ऋषिदेव, मुकुन्द सरदार, उमेश पासवान, तारादेवी सरदार, सुगेश्वर ऋषिदेव, प्रमिला सरदार, भूने सराइली, अमरलाल ऋषिदेव, पुरण सरदार, ताराचन्द सरदार, राजकुमारी ऋषिदेव, मञ्जु सरदार, सरोज सरदार, जितबहादुर बि.क., सुरेन ऋषिदेव, रञ्जीत मोची, सन्ध्या सरदारलाई चयन गरेको छ ।
त्यस्तै अन्य सदस्यहरुमा सीता बि.क., जलेश्वर सरदार, चानुदेवी सरदार, घुरन सरदार, सुनिल सरदार, विनोद हरिजन, सुहागीदेवी सरदार, मनोज मल्लिक, उर्मीलादेवी सरदार, शुशिल बि.क., महेन्द्र सरदार, गणेश ऋषिदेव, अधिकचन्द सरदार, सविन बि.क, हेमराज परियार, रामावतीदेवी सरदार, सिताराम सरदार, विजय सरदार र सलबहादुर नेपालीलगायत रहेको नेपाल उत्पीडित जातीयमुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।
भेलाले छनौट गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्यतथामुक्ति समाज मोरङका सह–ईन्चार्ज जितनारायण सरदारले गरेका थिए ।
नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का अध्यक्ष सोम पोर्तेलले शपथ ग्रहण गराएका थिए ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, मुक्ति समाज प्रदेश १ का इन्चार्ज तथा राष्ट्रिय सभाका पूर्व सांसद खेम नेपालीले दलित समुदायका मुद्धा एमालेले मात्र सम्बोधन गर्ने बताए ।
उनले सवैभन्दा विपन्न र भूमिहिन दलित समुदाय रहेकाले एमाले नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधानआयोग गठन गरेर जग्गावितरणको प्रकृया सुरु गर्न लागेको बेला सर्बोच्च परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग नै विघटन गरेर दलित समुदायमाथि कुठाराघात गरेको बताए ।
नेता नेपालीले दलित समुदायलाई राजनीतिक रुपमा सवैभन्दा पहिले एमालेले संगठित गरेर हकअधिकारका लागि लड्न सक्ने बनाएको बताए । उनले सिंगो दलित समुदायको अधिकारका लागिमुक्ति समाजले अगुवाई गर्दै आएकाले सम्पूर्ण दलित समुदायमुक्ति समाजमा संगठित हुनु पर्ने बताए ।
एमाले प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का अध्यक्ष सोमनाथ पोर्तेलले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदायमाथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नु पर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदारले नव गठित कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई शुभकामनादिँदै रंगेलीका सवै दलित समुदायलाई मुक्ति समाजमा संगठित गर्न निर्देशन दिए ।
एमाले मोरङका सचिवालय सदस्य तथा रंगेली इन्चार्ज मनोज अग्रवालले संगठित भएर मात्र आफ्नो अधिकारका लागि लड्न सकिने बताए । उनले एमाले मात्र देश र जनताका लागि काम गर्ने पार्टी भएकाले अब हुने तीनै तहको निर्वाचनमा एमालेलाई जिताउनु पर्ने बताए ।
मुक्ति समाजका केन्द्रीय सदस्य दिपेन्द्र पासवान,एमाले मोरङ जिल्ला कमिटी सदस्य डिल्ली घिमिरे, डिल्ली दाहाल, सन्तोष साह, प्रदिप साह, इर्जालाल राजवंशी, भूमा पराजुली, नेकपा (एमाले) रंगेलीनगर कमिटी अध्यक्ष दलबहादुर बस्नेत, सचिव जितलाल मण्डल, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मागायतले नवगठित कमिटीलाई शुभकामना दिँदै नगरका सवै वडामा वडा कमिटी विस्तार गर्न निर्देशन दिए ।