AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जनवादी गायक जेवि टुहुरेको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० भाद्र २०७८, बिहीबार १४:१३
711
Shares
विराटनगर / जनवादी गायक जेवि टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

गत मंगलबार घरमा एक्कासी लडेपछि उपचारका लागि टुहुरेलाई बयोधा अस्पताल लगिएको थियो मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्रनिकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

विस २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनले २०३४ सालदेखि अहिलेसम्म गाउँदै आएको सबैभन्दा चर्चित गीत हो ।

सुनसरीको धरान घर भएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सांसदसमेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर