AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पहिरोले पुरेर मजदुरको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ श्रावण २०७८, शुक्रबार ११:००
504
Shares
पाँचथर / पाँचथरको हिलिहाङ गाउँपालिका ५ मा पहिरोले पुरेर एक मजदुरको मृत्यु भएको छ ।

हिलिहाङ गाँऊपालिका ५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका तेह्रथुम आठराई गाउँपालिका ५ छातेढुंगा का २७ बर्षीय मजदुर टिका मोक्तानको पहिरोले पुरेर मृत्यु भएको हो ।

हिजो दिउँसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भईसकेको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर