खबर पूर्वाञ्चल
सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, भोक्राहा नरसिंह र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको विर्तामोडमा ३४, दमकमा २४, मेचीनगरमा १८, भद्रपुरमा १३, कनकाईमा ९, शिवसताक्षीमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, हल्दिबारी र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र कचनकवलमा १–१ संक्रमित थपिएका छन्
यता मोरङको विराटनगरमा ५२, सुन्दरहरैचामा ८, उर्लाबारीमा ७, पथरीशनिश्चरेमा ५, रतुवामाईमा ३, ग्रामथानमा २, कटहरी, कानेपोखरी, बेलबारी र जहदामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली, रोङ, सन्दकपुरमा १–१, उदयपुरको कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
सोहि अवधिमा प्रदेश १ मा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकको संख्या १४६८ पुगेको छ । जस्मा ४५० महिला र १०१८ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सवै भन्दा बढी मोरङ स्थायी घर भएका ५ जना संक्रमित रहेका छन भने धनकुटा र ताप्लेजुङका २–२ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै सुनसरी, प्रदेश १ बाहिर र झापा स्थायी घर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २६८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । जस्मा १११ महिला र १५७ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।