AArya
RUMPUM
animated ellipse animated ellipse

शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै शिक्षादिप कलेजद्वारा हाम्रो समाजलाई खाद्यन्न सामाग्री हस्तान्त्रण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ जेष्ठ २०७८, बिहीबार १५:३५
1.42k
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा रहेको शिक्षादिप कलेज प्रदेश एककै शैक्षिक क्षेत्रको रुपमा अब्बल मानिदै आएको कलेजले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ ।

आज कलेजमा एक कार्यक्रम गर्दै कलेजले विराटनगर–९ मा रहेको हाम्रो समाज नेपाललाई खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको हो । समाजका अध्यक्ष अनुप सापकोटालाई विराटनगर महानगरका प्रमुख भीम पराजुली, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका, कलेजका मुख्य निर्देशक,हिसानका केन्द्रीय सदस्य शंकर भट्टराई, कार्यक्रम संयोजक वसन्त बस्नेतलगायत कजेजका शिक्षकले सो खाद्यन्न सामाग्री हस्तान्त्रण गरेका हुन् ।

कलेजले एक सय बोरा चामल ४ बोरा दाल , १० बोरा आलु, ४ बोरा नुन र खाने तेल २ सय लिटर एक मुष्ट करिव २ लाख ५० हजार बराबरको सामाग्री समाजलाई हस्तान्त्रण गरेको हो ।
हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भएका छन् । तर पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा भने निरन्तर लागी परेको छ ।

कलेजले अस्पताल तथा आईसोलेसन केन्द्रहरुमा आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डर लगायत स्वास्थ्य सामाग्री पनि वितरण गर्दै आएको कलेजले जनाएको छ ।

निषेधाज्ञाले लामो समयसम्म दैनिकी गुजरा टार्ने तथा मजदुरी गरेर जिवीको पार्जन गर्दै आएका व्यक्तिहरुलाई कलेजले एक मुष्ट खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ ।

यस अघि कलेजले विराटनगर एक आर आर एनको भवनमा रहेको आईसोलेसन केन्द्रलाई एक सय थान अक्सिजन सहितको सिलिण्डर हस्तान्त्रण गरेको थियो ।

कलेजले सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना माहामारीको चपेटामा परेका न्युन आयास्रोत वर्गका व्यक्तिहरुलाई केही राहत मिलोस भनेर खाद्यन्न सामाग्री वितरण गरिएको कलेजका प्रिन्सिपल खड्काले बताए । कलेजले यसअघि आईसोलेसन केन्द्रहरुमा अक्सिजन सहितको सिलिन्डर हस्तन्त्रण गरेको प्रिन्सिपल खड्काले जानकारी गराए ।

यता पहिलो पटक यति धेरै खाद्यन्न सामाग्री प्राप्त गरेकोे समाजका अध्यक्ष अनुप सापकोटाले बताए । प्राप्त खाद्यन्न सामाग्री दैनिकी श्रम गरेर जिवीको पार्जन गर्दै आएका अतिविपन्न परिवारलाई वितरण गरिने अध्यक्ष सापकोटाले जानकारी दिए ।

कलेजले हिजो नेपाल फाउण्डेशनको सहकार्यमा विराटनगर वडा नंं ६ मा ३ सय ५० जनालाई निशुल्क खानाको व्यावस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर