पूर्वाञ्चल खबर
अनलाईन मार्फत गरिएको अन्तरक्रियाको प्रमुख वक्तामा विकल्प एन अल्टरनेटिभका संस्थापक निर्देशक वसन्त अधिकारी रहेका थिए ।
सो कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, राष्ट्रिय जुनियर जेसीज कोर्डिनेटर सन्तोष पन्त, जेसिजका विभिन्न क्षेत्रका कोर्डिनेटरहरु, विराटनगर जुनियर जेसीजका विभिन्न वर्षका पूर्वअध्यक्षहरु, विराटनगर जुनियर जेसिजका वोर्डका पदाधिकारी तथा सदस्यहरु, विभिन्न शाखा अध्यक्ष र शाखाका सदस्यहरु गरि १७७ जनाको सहभागिता रहेको थियो ।
विराटनगर जुनियर जेसिज अध्यक्ष जीना शर्माको अध्यक्षता सम्पन्न अन्तरक्रियाको संयोजकमा दिब्या बानिया रहेकी थिइन् । विराटनगर जुनियर जेसीज वर्ष २०२१ की सहसचिव प्रतिक्षा न्यौपानेले जानकारी दिइन् ।