पूर्वाञ्चल खबर
धरान उपमहानगरपालिका – २ स्थित धनकुटा – भेडेटारबाट धरानतर्फ आउदै गरेको को १ च ५५५९ नम्बरको हुडेप नेपाल लेखिएको मारुती एम्वुलेन्स लाई शंका लागि प्रहरीले चेकजाँच गर्दा एक सय केजी गाँजा भेटिएको इलका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीले एम्बुलेन्सबाट २५/२५ केजीको ४ वटा झोलामा राखिएको गाजा बरामद गरेको थियो । गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान .१५ का ३६ वर्षिय बल बहादुर लिम्बु र धनकुटाको सहिदभुमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षिय पोशन राईलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।