AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा फेरी छोराको कुटाइबाट बुवाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ बैशाख २०७८, बुधबार १३:२९
3.65k
Shares
विराटनगर / विराटनगर एक वृद्धको छोराको कुटाइबाट मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको २९ वर्षीय छोरा अजयको कुटाईबाट नोबेल मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

गत चैत २६ गते घरासयी विवादमा छोरा अजयले वृद्ध बुबामाथि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका बताए ।
कुटपिटबाट गम्भिर घाइते उनलाई उपचारका लागि नाबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको थियो । नोबेलमा बुधबार बिहान करिब ८ बजे मृत्यु मोरङ प्रहरीले जनाएको छ ।

घरायसी विवादमा बुबामाथि कुटपिट गरी अजय फरार भएका थिए । प्रहरीले बुधबार नै अजयलाई पनि पक्राउ गरेको छ । लुकछिपी बसेको अवस्थामा कुटपिटमा संलग्न छोरालाई पनि पक्राउ गरिएको खड्काले जानकारी दिए ।

चैत २९ गते मदिरा सेवनपछि विवाद हुँदा मोरङको विराटनगर महानगरपालिका– ८ का ५४ वर्षीय विको सहनी मुखियाको छोराले नै हत्या गरेका थिए । शनिबार राति बुबा छोराबीच विवाद भएको थियो । विवादका क्रममा माइलो छोरो रबिले धकेल्दा मदिराले मातिएका बुबा लडेका थिए । लड्दा उनको घाटीमा बासको भाटाले छेडेको थियो । गम्भिर घाइते भएका विकोको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर