AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

‘समृद्धि र समुन्नतिको लक्ष्य हासिल’: प्रदेश प्रमुख प्यासी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७७, सोमबार १९:१८
261
Shares
  1. विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सफल बनाउन गम्भिरताका साथ कार्य गरेको बताएका छन् ।
प्रदेश सरकार गठन भएको तीन वर्ष पुरा गरेको अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले कोभिड – १९ को प्रतिकूल परिस्थितिका बाबजुद पनि उत्साहजनक प्रगति हाँसिल गर्न र जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न प्रदेश सरकार सफल भएको बताए । संघ र स्थानीय तहको बीच कडीको रुपमा रहेको प्रदेशको भूमिकालाई स्थापित र पक्षपोषण गर्दै अग्रगति दिन प्रदेश सरकारबाट कुल १ सय २३ बटा कानुनी दस्तावेज तयार भएको उनले बताए ।

प्रदेश प्रमुख अधिकारीले ८७ कि.मि. पर्यटकीय पदमार्ग निर्माण, १४ वटा पर्यटन भ्यू–टावर र १ सय ५० वटा पर्यटकीय पार्क निर्माण गर्न सरकार सफल भएको बताए ।

प्रदेश प्रमुख अधिकारीले प्रदेश सरकार समृद्धि र समुन्नतिको लक्ष्य हासिल गर्ने तर्फ अघि बढिरहेको समेत बताए । उनले राष्ट्रियहित, लोकतान्त्रिक गणतन्त्रको स्थापना र अग्रगामी परिवर्तनका लागि नेपाल जनताले पटकपटक गरेको ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष , त्याग र बलिदानको गौरवपूर्ण इतिहासको स्मरण गरे ।

प्रदेश प्रमुख अधिकारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सामन्ती, निरंकुशतन्त्रको विरुद्ध आफूलाई समाहित गर्ने, जीवन उत्सर्ग गर्ने महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता तथा पीडित परिवारप्रति हार्दिक सम्मान व्यक्त गरे ।

उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी प्रदेश सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियान सफल बनाउन गम्भीरताका साथ कार्य गरिरहेको अनुभूति भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर