खबर पूर्वाञ्चल

गत पुस १६ गते रन्जनाले खाना पकाउने क्रममा शरिरको विभिन्न भाग जलेको थियो । उनलाई तत्काल उपचार गरिन विराटनगरस्थित कोशी अस्पतल लगिएको थियो । कोशीमा उपचार नहुने भएपछि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरिदिएको भएपनि एम्बुलेन्स चालकले म्याक्स हस्पिटल लिएर आएको विरामीका देवर विरेन महतोले जानकारी दिए । कमिसन पाउने चक्करमा एम्बुलेन्स चालकले म्याक्स पु¥याएको उनीहरुको भनाई छ ।
‘अस्पतालमा करिब ढेड महिना उपचार गरिम । अहिलेसम्म १२ लाख रुपैयाँ सकियो । तर, भाउजुको स्वास्थ्यमा कुनै सुधार आएन,’ विरेनले भने, ‘भाउजुको उपचार १७ धुर जग्गा बेचेर र चन्दा संकलन गरेर उपचार गरेका थियौं । हस्पिटल र चिकित्सकको लापरबाहीले बचाउन सकिनौं ।’ हिजो दिउँसोसम्म राम्रोसँग बोलेको भाउजुको आज विहान १ गते मृत्यु भएको हस्पिटलका कर्मचारीले जानकारी दिएको उनले बताए ।
लापरवाही गर्ने चिकित्सकलाई कारवाही नभएपछि शव नबुझने उनीहरूको भनाई छ । मृतकको चार वर्षको छोरी र २ वर्षको छोरा रहेका छ ।
यता हस्पिटल प्रशासनले विरामीको मृत्युको विषयमा कुनै जानकारी गराएको छैन । घटनाको विषयमा सम्र्पक गर्नखोज्दा अस्पताल प्रशासन सम्पर्ककमा आएनन् ।