पूर्वाञ्चल खबर
२०२० का अध्यक्ष अंकित थापाले उनीलाई जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराए । अध्यक्ष शर्माले सपथग्रहणपछि नवनिर्वाचित बोर्डका सदस्यलाई सपथ ग्रहण गराइन् ।
विराटनगर जुनियर जेसीजको बर्ष २०२१ का लागि अध्यक्ष शर्मासहित कार्यकारिणी उपाध्यक्षमा आयुशा खतिवडा र मुकेश यादव, उपाध्यक्षमा दिपशन राई , हेनरिका ढकाल, अमन मण्डल, जनसम्पर्क अधिकारीमा सुगम बुढाथोकी र तालिम संयोजकमा बिकल्प न्यौपाने निर्बिरोध निर्वाचित भएका थिए ।
नवनिर्वाचित अध्यक्ष शर्माले कानुनी सल्लाहकारमा प्रिन्स पौडेल, महासचिवमा रितेश मैनाली, कोषाध्यक्षमा गौरव कर्ण, सहसचिवमा प्रतीक्षा न्यौपानेलाइ नियुक्त गरे ।
पदस्थापना कार्यक्रममा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष डाक्टर सन्देशदास श्रेष्ठ, वर्ष २०२० का अध्यक्ष अंकित थापा, विराटनगर जेसीज बर्ष २०२१ का अध्यक्ष प्रदिप दाहाल, जुनियर जेसिजका पूर्वअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।