विराटनगर, माघ २२ / विराटनगर – ५ मा रहेको अन्नपूर्ण बोडिर्ङ स्कूलको १० औ वार्षिक उत्सव विविद्य कार्यक्रम आयोजना गरि मनाएको छ ।
स्कूल परिसरमा शनिबार एक समारोह आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।
गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहेको रहेको स्कूलले वार्षिक उत्सवको अवसर पारेर विद्यार्थीले नृत्य, गायनलगायतको प्रस्तुतीहरु प्रस्तुत गरेको स्कुलका प्रिन्सिपल अमिस रेग्मीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्याब्सनको केन्द्रीय सदस्य राजेस दास, प्याब्सन मोरङको अध्यक्ष बासु न्यापौन, लेखा संयोजक अर्जुन श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।