AArya
RUMPUM
animated ellipse animated ellipse

घरेलु उद्यमीको समस्याको समाधान प्रदेश सरकारले गर्नेछन् : मन्त्री कुसियत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७७, सोमबार १६:२८
576
Shares
नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यम समितिको जिल्ला अधिवेशन उद्घाटन गर्दै मन्त्री जगदिश कुसियत । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / प्रदेश १ का उद्योग, बन, पर्यटन तथा बातवरण मन्त्री जगदिश कुसियतले उद्यमीहरूको समस्या सावधान गर्न प्रदेश सरकार लागि पर्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्लाको उद्घाटन शत्रमा मन्त्री कुसियतले यस्तो बताएका हुन् । घरेलु तथा साना उद्योग राष्ट्रको मेरुदण्ड भएको बताउँदै मन्त्री कुसियतले उद्यमीहरुका समस्या सम्बोधन गर्न प्रदेश सरकारले उद्योग ऐन ल्याएको र नियमावली बनसकेपछि काुनुनी समस्या अन्त्य हुन बताए । कोरोनाका कारण उद्योग क्षेत्र निकै प्रभावित भएको बताउँदै प्रदेश सरकारले वातावरण सहज बनाउने प्रयत्न गर्दै आएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष नरेन्द्र हुमागाइले घरेलु तथा साना व्यवसायीहरूलाई राज्यले सहुलियत ऋण दिने राज्यले नीति तथा कार्यक्रममा समावेश गरेको भएपनि अहिलेसम्म कार्यन्वयन हुन नसक्दा साना उद्योगीहरू समस्यामा परेको बताए । ‘सरकारले लागू गरेको आदीवासी जनजाति, दलित, महिला उद्यमी तथा विदेशबाट स्वदेश फर्किएका युवालाई उद्यमी गर्नको लागि सहुलियत कर्जाको कार्यक्रम लागू भएको छ,’ उनले भने, ‘अहिलेसम्म यो व्यवहारमा कार्यन्वयन हुन सकेको छ्रैन । यसको कडाइको साथ अनुगमन गरि राज्यले कार्यन्वय गरिदिनुपर्नेछ ।’

पत्रकार विश्वकर्मा सम्मानित
पत्रकार किशोर विश्वकर्मा नगदसहित सम्मानित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेलाको अवसर पारेर पत्रकार विश्वर्मा नगद पाँच हजिार रुपैयाँसहित सममनित भएका हुन् ।

सम्मानित भएका विश्वकर्मालाई प्रदेश १ का उद्योग, बन, पर्यटन तथा बातवरण मन्त्री जगदिश कुसियतले सम्मानित गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर