पूर्वाञ्चल खबर
राम पोखरेलको अध्यक्षतामा रहेको ४५ सदस्यीय वडा कमिटीलाई नेकपा केन्द्रीय सदस्य तथा मोरङ सहइन्चार्ज महेश रेग्मीले सपथग्रहण गराए ।
सपथ ग्रहणपछि बसेको वडा कमिटीको पहिलो बैठकले ५ सदस्यीय कार्यालय र १५ सदस्यीय सचिवालय कमिटी चयन गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
नेकपा विराटनगर ८ ले विभिन्न समयमा सामाजिक क्रियाकलाप गर्दै आएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने, संक्रमितको घरमा निर्मलीकरण गर्ने, स्वास्थ्य सामाग्री, घरेलु औषधिहरु वितरण गर्ने काम वडा कमिटीले गर्दै आएको छ ।