AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोरोना भाइरसको संक्रमण रोक्न ‘फ्लोरा माक्स’ बजारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०७७, आईतवार १८:५६
1.49k
Shares
विराटनगर /विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमण रोक्न ‘फ्लोरा माक्स’ बजारमा आएको छ । विराटनगरका युवा व्यवसायी दिनेश ठाकुरले ‘फ्लोरा माक्स बजारमा ल्याएका हुन् ।

धुवा, धुलो र संक्रमण रोक्न ‘मेल्ट ब्लाउन भएको माक्स’ को आवश्यक पर्दछ । सोही बस्तुहरू प्रयोग गरिएको फ्लोरा माक्स बजारमा ल्याएको युवा व्यवसायी ठाकुरले जानकारी दिए । ‘अहिले बजारमा धेरै प्रकारका माक्सहरू आएका छन् । सबै माक्समा तीन लेयर भएपनि मेल्ट ब्लाउन प्रयोग गरिएको हुदैन । जसले गर्दा साधरण माक्सले धुवा, धुलो त रोक्छ, तर संक्रमण रोक्छ भन्ने छैन,’ उनले भने, ‘तीन लेयर मध्ये बिचको भागमा मेल्ट ब्लाउन प्रयोग गरिएकोले फ्लोरा माक्सले ९९ प्रतिशतसम्म किटाणु फिल्टर गर्दछ ।’ त्यसैले संक्रमण रोक्ने फ्लोरा माक्स बजारमा ल्याएको उनले बताए । फ्लोरा माक्स उच्च गुणस्तरीय रहेको उनले दाबी गरेका छन् । सो माक्सको बजार मूल्य प्रति गोटा ५ रुपैयाँ मात्र पर्दछ ।

औषधी व्यवसायी समेत रहेका ठाकुरले चाइनाबाट आयत गरेको अत्याधुनिक स्वचालित उपकरणबाट फ्लोरा माक्स उत्पादन गर्दछन् । दैनिक २५ देखि ३० हजार माक्स उत्पादन भइरहेको उनले जानकारी दिए । करिब १ करोड लागतमा माक्स उद्योग संचालनमा ल्याएको ठाकुरले एक दर्जनलाई रोजगारी पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर