AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर जुट मिल्सको पर्खाल भत्कीएर किच्दा एक महिलाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०७७, बिहीबार १७:१९
576
Shares
विराटनगर / विराटनगर जुट मिल्सको जीर्ण पर्खाल भत्किएर किच्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु विराटनगर १५ की ५५ बर्षीया समिरु नेसाको जुट मिल्सको जीर्ण पर्खाल भत्किएर किच्दा मृत्यु भएको हो ।

निरन्तरको वर्षासँगै जुट मिल्सको हड्ताली हाटभित्र रहेको मजदुर लाइन क्वाटरको उत्तरतर्फको पर्खाल आज दिउँसो भत्किएर किच्दा समिरुको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार जुट मिल्स परिसरभित्र धेरै वर्ष पहिले बनाइएको पुरानो भवनको पर्खाल भत्किँदा घटना भएको हो ।

विहान ८ बजे घर नजिकैको भवन छेउमा रहेको कलमा पानी लिन गएकी महिलालाई खुट्टा धुँदै गरेको अवस्थामा इँटाको पर्खाल लडेर किचेको डीएसपी राईले बताए । घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर