पूर्वाञ्चल खबर
हरेक साताको शनिबार उनले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका र सम्पन्न भएका योजनाहरुको अनुगमन गरिरहेका छन् । मन्त्री घिमिरेले योजनासँगै स्थानीयबासीसँग छलफल पनि गर्ने गरे । मन्त्री घिमिरेले योजनासँगै स्थानीयबासीका गुनासा, योजना निर्माणपछिका फाईदा, आगामी दिनमा गर्नुपर्ने कामका लागि सुझाव पनि लिने समेत गरेका छन् । मन्त्री घिमिरेले आज निर्वाचन क्षेत्र नं. ४ (ख) अन्र्तगतको विराटनगर–२ मा निर्माण भईरहेका र निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन गरे । विराटनगर २ मा आर्थिक वर्ष २०७६÷०७७ मा निर्वाचन क्षेत्रगत रुपमा १ करोड १८ लाखका योजना तथा कार्यक्रम समेटिएको थियो ।
विराटनगर २ को वडा कार्यालयबाट सोमबारे हाट जाने र मुनाल चौक पूर्वको नाला तथा ग्राभेलका लागि ५० लाख, विराटनगर हनुमान मन्दिर पार्क निर्माणका लागि १५ लाख, ओशो ध्यान केन्द्रदेखि उत्तर सुकुम्वासी टोलको सडक निर्माणका लागि १० लाख, सनातन धर्म सेवा समाज सोमबारे सामुदायिक भवन निर्माणका लागि १० लाख, एप्लाईड कलेज जाने सडकको नाला निर्माणका लागि १० लाख, छठिमाता मन्दिरका लागि १० विनियोजन गरिएको थियो ।
सांसद विकास कोष मार्फत गत आर्थिक वर्षमा विराट सामुदायिक विकास केन्द्रका लागि ५० हजार, महेन्द्र रात्री माविमा खानेपानी निर्माणका लागि ५ लाख, शंकरपुर आधारभुत विद्यालयमा सूचना प्रविधि कार्यक्रमका लागि २ लाख ५० हजार विनियोजन गरिएको थियो । मन्त्री घिमिरेसँगै स्थानीयबासी उपभोक्ता समितिहरुले सडक, भवन लगायतका योजनाहरुको अनुगमन गरेको सचिवालयले जनाएको छ ।