AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या चार हजार नाघ्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ जेष्ठ २०७७, मंगलवार १८:५०
3
Shares
विराटनगर /नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जना थपिएर कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

मन्त्रालयका अनुसार महात्तेरीमा ५०, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५, सल्यान १२, नवलपरासी १२, सिराहामा १२, बाग्लुङमा ११, कपिलवस्तु १०, दार्चुला १०, बाँके ९, डडेलधुरा ७, सप्तरीमा ७, दाङ ६, सुर्खेत ४, मोरङ ३, जुम्ला २ र नुवाकोट २, इलाम १, सुनसरी १, धादिङ १, म्याग्दी १ र कैलाली १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

आज पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिँदै मन्त्रालयले कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामा २९२ जना पुरुष र ३१ जना महिला छन् । कोरोनाका कारण अहिलेसम्म १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर